फ्लप फिल्मका हिट हिरो

- नेपाल संवाददाता

कलाकार भनेपछि हिट फिल्म हुनै पर्‍यो । यसमा शङ्कै छैन । तर, कहिलेकाहीँ अपवाद भइदिन्छ । फिल्मले बक्स अफिसमा फितलो प्रदर्शन गर्दा पनि कलाकारलाई भ्याइनभ्याई हुन्छ । नपत्याए अनुपविक्रम शाहीलाई हेर्नूस् । उनी अभिनीत आधा दर्जन फिल्म रिलिज भए तर वीरविक्रमबाहेक अन्य फिल्मको व्यापार औसतभन्दा तल रह्यो । ठमेल डटकम, किङ, जालो, हाउ फन्नी, हसियाँ उदाहरण हुन् । तैपनि, अनुप खाली हात बस्नुपरेको छैन । रानी र कमलेको बिहे प्रदर्शनका लागि तयार छन् भने नकारात्मक भूमिका रहेको कृको छायाङ्कन सकिसकेका छन् । उनको व्यस्तता यत्तिमै सीमित छैन, हाल हुर्रेमा केकी अधिकारीसँग रोमान्स गरिरहेका छन् । फिल्मको ओइरो लागेकै छ तर ‘फ्लप फिल्मको हिट हिरो’को ट्याग कहिले हट्ने हो ? पत्तो छैन । 

 

प्रकाशित: भाद्र २७, २०७४