पहिलो गाँसमै ढुंगा ट्ठ

- नेपाल संवाददाता

भलिबलले सिपोरा गुरुङलाई नाम पनि दियो, दाम पनि । उनको खेलको भन्दा कम चर्चा हुँदैनथ्यो, सुन्दरताको । सायद यही कारण हुनुपर्छ, नवराज बुढाथोकीले हिरोइन बनाए । फिल्म थियो, भुइँमान्छे । फरक विषयवस्तु उठान गरिएको यस फिल्मको मुख्य भूमिकामा थिइन्, सिपोरा । अपोजिटमा थिए, रमेश बुढाथोकी । तर, सिपोराको ‘एक्सन–कट्’ यात्रा अपेक्षाकृत सफल हुन सकेन । एक त, छायाङ्कन सकिएको लामो समयसम्म फिल्म त्यत्तिकै रोकियो । २ भदौमा बल्लतल्ल प्रदर्शन त भयो तर आमदर्शकको मन जित्न सकेन । गतिलो प्रचारप्रसारबिना रिलिज भएको यस फिल्मलाई ग्याङस्टर ब्लुजले ओझेलमा पारिदियो । धेरथोर तारिफ पनि रमेशकै पोल्टामा पर्‍यो । सिपोरालाई ‘पहिलो गाँसमै 

ढुँगो’ लाग्यो । 

प्रकाशित: भाद्र २६, २०७४