भीडमा स्वस्तिमा

- नेपाल संवाददाता

होस्टेल रिटन्र्सबाट डेब्यु हुँदा स्वस्तिमा खड्कातिर धेरैको नजर तानिएको थिएन । सुशील श्रेष्ठ र नाजीर हुसेनलाई महफ्व दिएको थियो, निर्माण पक्षले ।

तर, जसै फिल्म रिलिज भयो, स्वस्तिमा दर्शकमाझ ‘मार्क’ भइन् । निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेपछि त चर्चा चुलियो । भलै सोही अनुरुप फिल्ममा भने जम्न सकेकी छैनन् । जस्तो : उनको दोस्रो फिल्म लभ लभ लभले न पैसा कमायो, न प्रशंसा ।

तेस्रो फिल्म छक्का पञ्जा २ रिलिजका लागि तयार भएको छ । तापनि, स्वस्तिमा मन खोलेर हाँस्न सकेकी छैनन् । किनभने, एकातिर दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालजस्ता गिनेचुनेका हास्य कलाकार छन्, अर्कोतिर प्रियंका कार्की र वर्षा राउतजस्ता चलेका हिरोइन । परेन त आपत् ! 

 

प्रकाशित: भाद्र २५, २०७४