दुई रूपियाँका नायक

- नेपाल संवाददाता

गायन र म्युजिक भिडियो निर्देशनमा सफलता चुमेपछि आशिफ शाहले फिचर फिल्म निर्देशन गरे, कर्कश । दयाहाङ राई, सुरजसिंह ठकुरीजस्ता गिनेचुनेका हिरोलाई खेलाए पनि कर्कशले न पैसा कमायो, न त प्रशंसा । फिल्मको लगानीसमेत ‘रिकभर’ भएन । त्यसपछिका चार वर्ष त्यत्तिकै बिते । गायनमा समेत सक्रिय देखिएनन् । उनै आशिफ नायकका रुपमा देखा परेका छन्, फिल्म दुई रुपियाँबाट । त्यसो त यसअगाडि लभ साशामा पनि अभिनय गरेका थिए तर ‘केमियो’ मात्र । दुई रुपियाँको प्रमुख पात्र नै आशिफ हुन् । निर्देशनको कमान्ड सम्हालेका छन्, उनकै भाइ अशिम शाहले । ‘कुटुमा कुटु...’ गीत र ट्रेलरले काफी चर्चा बटुलेको छ तर बक्स अफिसमा कत्तिको कमाल मच्चाउने हो, त्यो भने २३ भदौमा फिल्म रिलिज भएपछि नै थाहा हुनेछ । 

 

प्रकाशित: भाद्र २१, २०७४