बल्ल उत्साही

- नेपाल संवाददाता

स्वरबाट केकी अधिकारीसँगै फिल्मी करिअर सुरु गरेकी थिइन्, बेनिशा हमालले । केकी लोकप्रियता र व्यस्तताको शिखरमा पुगिन् तर डेढ दर्जन फिल्म रिलिज भइसक्दा पनि बेनिशाले सफलताको स्वाद चाख्नै पाएकी छैनन् । एकाध फिल्म व्यावसायिक रुपमा सफल हुँदासमेत सफलता उनको श्रेयमा परेन । पछिल्लोपटक किङ फ्लप भएर मर्माहत भएकी बेनिशा यतिबेला दंग छिन् । नहून् कसरी, दुई प्रतीक्षित फिल्ममा मुख्य भूमिका निर्वाह गर्न पाएपछि । ब्लाइन्ड रक्समा दृष्टिविहीन श्रृष्टि केसीको भूमिकामा देखिँदै छिन् भने झ्यानाकुटीमा सौगात मल्लसँग स्क्रिन सेयर गरेकी छन् । 

दुवै फिल्मको प्रचार–प्रचारको केन्द्रमा उनी नै छिन् । अन्य फिल्मबाट पनि अफर आइरहेको छ । बेनिशाको दिन आएकै हो त ?

प्रकाशित: भाद्र २०, २०७४