बढ्यो ढुकढुकी

- नेपाल संवाददाता

फिल्मवृत्तमा पल शाह र आँचल शर्मा ‘रियल कपल’का रुपमा परिचित छन् । नाई नभन्नु ल ४ बाट एकसाथ डेब्यु भएसँगै यी दुई नजिकिएका हुन् । उक्त फिल्म व्यावसायिक रुपमा हिट भए पनि यो जोडीले खासै जस पाएन । बरु, म यस्तो गीत गाउँछुबाट एकल हिरोका रुपमा पलले सफलताको स्वाद चाखिसकेका छन् । आँचललाई भने खडेरी लागेको छ । त्यसो त यो जोडी अभिनीत जोनी जेन्टलम्यानको रिलिज मिति म यस्तो गीत गाउँछुभन्दा अगाडि नै तोकिएको थियो तर अन्तिम समयमा प्रदर्शन सर्‍यो । अब ३० भदौमा पल र आँचलको अनस्क्रिन रोमान्स हेर्न पाइनेछ । ‘रिल’मा असफल हुँदा विनय श्रेष्ठ–ऋचा शर्मा, आमेश भण्डारी–नीता ढुंगानाको ‘रियल’ प्रेम–सम्बन्धमा पूर्णविराम लागेको थियो । यही कारण हुनुपर्छ, प्रदर्शन मिति नजिकिएसँगै आँचलको ढुकढुकी बढेको छ र प्रचारप्रसारमा दिलोज्यान दिएर लागिपरेकी छन् ।

प्रकाशित: भाद्र १५, २०७४