प्रकृति दोहन

- केशव थापा

ललितपुरको गोदाबरी नगरपालिका, नल्लुमा अवैध रुपमा सञ्चालित ढुंगा खानी र क्रसर उद्योग । संसद्को प्राकृतिक स्रोत–साधन समितिले ६ वर्षअघि बन्द गर्न निर्देशन दिएपछि केही समयका लागि बन्द गरेजस्तो गरे पनि हाल यस्ता उद्योग निर्वाध रुपमा सञ्चालनमा छन् । यसरी प्रकृतिमा नै असर पर्ने गरेर सञ्चालित यस्ता उद्योगका कारण प्राकृतिक विपद्समेत आउन सक्ने प्रस्टै देखिन्छ ।

स्थानीय प्रशासन र प्रहरीले नदेखेजस्तो गरेर बसेकाले पनि यस्ता उद्योग झनै फस्टाएका छन् । लेले नल्लु र टीकाभैरवमा सञ्चालित यस्ता क्रसर उद्योगका कारण पानीको स्रोतमा पनि निकै प्रभाव परेको स्थानीय बताउँछन् । पहिलेका केही मुहान सुकेका छन् । बाँकी मुहानको पानी पनि धमिलो भई पिउनयोग्य नरहेको गुनासो पोख्छन् स्थानीयवासी । 

 

प्रकाशित: भाद्र १५, २०७४