सिक्वेलले सतायो

- नेपाल संवाददाता

छक्का–पञ्जाले १६ करोड रुपियाँ ग्रस कलेक्सनको रेकर्ड के राखेको थियो, निर्माता तथा अभिनेता दीपकराज गिरीले सिक्वेल बनाउने घोषणा गरिहाले । भलै, उक्त फिल्मले सकारात्मक प्रतिक्रिया बटुलेन । चर्को विवादमा मुछिए पनि छक्का–पञ्जा २ को ‘ए दाजु नसमाऊ...’ गीतले तहल्का पिटिसक्यो । त्यसमाथि अघिल्लो भागका सबै कलाकार दोहोरिएका छन् । तैपनि, दीपकराजलाई फिल्म कमजोर होला कि भन्ने चिन्ता छ । फेरि हामीकहाँ सिक्वेलको नजिर राम्रो पनि छैन । त्यही भएर त उनी सम्पादन भइरहँदा पनि फिल्म खिचिरहेका छन् । फिल्म थोरै मात्र खस्कँदा पनि दर्शकको अपेक्षा पूरा नहुने संशयमा रहेका दीपकराज भन्छन्, “सम्पादनमा कमजोर लाग्नासाथ सुटिङ गरिहाल्छु । फिल्म भनेको सिक्दै जाने रहेछ ।” फिल्मको प्रदर्शन ११ असोज तोकिएको छ । 

प्रकाशित: श्रावण २९, २०७४