परीक्षणमा क्रोमको इनबिल्ट एडब्लकर

- नेपाल संवाददाता

अर्को वर्षबाट गुगल क्रोममै एडब्लकर राखिने छ । हालका लागि प्रयोगकर्ताले दिक्कलाग्दा एडहरु नआउनका लागि एडब्लकरलाई गुगलक्रोममा एक्स्टेन्सन राख्ने गरेका छन् । अर्को वर्षबाट यो क्रोममा इनबिल्ट फिचरकै रुपमा आउने घोषणा गुगलले पहिला नै गरेको थियो । 

अहिले गुगलले उक्त फिचरको परीक्षण गरिरहेको छ । हाल गुगलको प्ले स्टोरमा क्रोम क्यानेरी नामको नयाँ ब्राउजर उपलब्ध छ । जसमा गुगलले इनबिल्ट एडब्लकर प्रयोग गरेको छ । एन्ड्रोइड प्रयोगकर्ताले परीक्षणमा रहेको यो ब्राउजर डाउनलोड गरेर प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताबाट आएका प्रतिक्रियालाई समेट्दै गुगलले अर्को वर्षबाट यसलाई फुल भर्सनमा उपलब्ध गराउनेछ । 

गुगल क्रोमको एडब्लकरले निश्चित मापदण्ड पूरा नगरेका एडहरुलाई ब्लक गर्नेछ । र, यस्ता एडहरुलाई पत्ता लगाएर वर्गीकरण गर्ने काममा फेसुबक, गुगल, न्युज कोर्प र वासिङ्टन पोस्टले ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित: श्रावण २४, २०७४