सारा सपना

- नेपाल संवाददाता

पहिलो फिल्ममै निखिल उप्रेतीजस्ता गिनेचुनेका स्टारसँग स्क्रिन सेयर गर्न पाउनु चानचुने कुरा होइन । त्यही मौका पाइन्, साराले । फिल्म थियो, रुद्र । त्यसैले त रुद्र रिलिज हुनुभन्दा अगाडि सारा फुरुंग थिइन् । प्रमोसनमा पनि निखिलको साथसाथै थिइन् । यही फिल्मले भाग्य चम्कनेमा ढुक्क थिइन् तर जसै १३ साउनमा रुद्र रिलिज भयो, साराको सारा सपना चकनाचूर भयो । किनभने, मल्टिप्लेक्समा यस फिल्मले एकाध सो मात्र पायो, सिंगल थिएटरमा पनि अपेक्षाकृत व्यापार गर्न सकेन । त्यसमाथि निखिलको एक्सनबाहेक अन्य कलाकारको चर्चा पनि भएन । जताततै निखिल मात्र छाए । साराका लागि त पहिलो गाँसमै ढुंगा परेजस्तो भइहाल्यो । अर्को रोचक कुराचाहिँ उनको दोस्रो फिल्म पिंजडा ब्याक अगेनको मुख्य नायक पनि निखिल नै हुन् । 

प्रकाशित: श्रावण २३, २०७४