एकपछि अर्को पीडा

- नेपाल संवाददाता

चपली हाइट २ रिलिजको पूर्वसन्ध्यामा पारामिता राज्यलक्ष्मी राणा फुरुंग थिइन् । नहुन् पनि कसरी, एक त उनको ‘डेब्यु’ फिल्म, त्यो पनि रियल प्रेमी आयुष्मान देशराज जोशीसँग । त्यसमाथि यो सुपरहिट चपली हाइटको सिक्वेल थियो । नयाँ कलाकारका लागि यति सुखद संयोग हुनु चानचुने पनि होइन । तर, जसै फिल्म रिलिज भयो, पारामिताले एकपछि अर्को पीडाको सामना गर्नुपर्‍यो । पहिलो त फिल्म फ्लप भइदियो, समीक्षात्मक प्रतिक्रिया पनि सकारात्मक रहेन । अर्कोतिर, केही समयपछि आयुष्मानसँगको उनको सम्बन्ध पनि टुंगियो । यतिबेला आयुष्मान प्रियंका कार्कीसँग ‘डेट’ गरिरहेका छन् । प्रियंका र आयुष्मानको जोडीले कथा काठमाण्डूमा सँगै काम गरे तर पारामिताको दोस्रो फिल्मको पत्तो छैन । मन कति पोल्दो हो उनको ?

प्रकाशित: श्रावण १८, २०७४