एक नम्बरवालीको हाल

- नेपाल संवाददाता

 

लगातारको असफलताबाट आजित भएकी हिरोइन केकी अधिकारीलाई घामपानीले सान्त्वना दियो । फिल्म हिट त भएन तर औसत व्यापार गर्‍यो । त्यसभन्दा सुखदचाहिँ उनको कामले प्रशंसा पायो । दयाहाङ राईसँगको ‘केमेस्ट्री’ जमेको थियो । यही फिल्म रिलिज भएको पनि चार महिना बित्नै लाग्यो तर केकी अभिनीत नयाँ फिल्म प्रदर्शन भएको छैन । त्यसो त उनले फिल्मै नपाएको भने होइन । घामपानी चल्नुअगावै राज्जारानीको सुटिङ भ्याएकी थिइन् भने त्यसपछि ऐश्वर्या सकिन् । तर, फसाद के भने यी दुवै फिल्म कहिले रिलिज हुन्छन्, टुंगो छैन । अर्को कुनै फिल्ममा अनुबन्धित भएकी पनि छैनन् । म्युजिक भिडियोमा रमाउनु परेको छ । जबकि, उनी कुनै समय एक नम्बरवाली हिरोइन भनेर चिनिन्थिन् । अहिले भने यस्तो छ हाल । ध

प्रकाशित: श्रावण १७, २०७४