कमजोर कमब्याक

- नेपाल संवाददाता

 

फिल्मी करिअर ओरालो लागिरहेकै बेला घरजम गरेकी थिइन्, हर्षिका श्रेष्ठले । चम्केका हिरोइन त विवाहपछि चलेनन् भने हर्षिकाको हालत खराब हुनु नौलो भएन । तैपनि, ढिलै सही उनले मेरी कुसुममा काम गर्न पाइन्, एकल हिरोइनका रुपमा । त्यसैले मेरी कुसुम हिट भए करिअर उकालो लाग्ने आशा थियो उनको । तर, ६ साउनमा प्रदर्शित यो फिल्म बक्स अफिसमा कमजोर साबित भयो । एकातिर यो फिल्म प्रचारप्रसारबिनै सिनेमा हलमा पुग्यो, अर्कातिर म यस्तो गीत गाउँछुको चपेटामा पर्‍यो । त्यसैले त झन्डै तीन वर्षपछि नयाँ फिल्म रिलिज हुँदा हर्षिका हाँस्न 
सकिनन् । विचरी ! ध

प्रकाशित: श्रावण १५, २०७४