फुरुंग हिरोइन

- नेपाल संवाददाता

आधा दर्जन फिल्म खेलिसक्दा पनि पूजा शर्मा चिनिएकी थिइनन् तर प्रेमगीत रिलिजपश्चात् एकाएक चर्चा कमाइन् । उनको भूमिका र अभिनय दुवै मन पराइयो ।

दुर्भाग्य ! यही फिल्मको ‘सिक्वेल’मा अटाइनन् उनी । अश्लेषा ठकुरीले प्रतिस्थापन गरिन्, उनलाई । त्यही कारण पूजाको प्रगतिले निरन्तरता नपाउने अड्कलबाजी सुरु भयो ।

तर, जसै म यस्तो गीत गाउँछु प्रदर्शन भयो, पूजाको भाग्य फेरि चम्कियो । ३० असारमा रिलिज भएको यस फिल्मले लोभलाग्दो व्यापार त गरेकै छ, पूजाले अझ राम्रो प्रशंसा पाएकी छन् ।

यो फिल्म उनका लागि निकै अर्थपूर्ण किन पनि थियो भने प्रेमगीतपछि अरु कुनै फिल्म खेलेकी थिइनन् ।

तर, अब भने उनलाई ‘अफर’को ओइरो पक्कै लाग्नेछ, लगातार दुई हिट फिल्म जो दिइन् ।

प्रकाशित: श्रावण १२, २०७४