भँगेरे पासो

  • यो भँगेरो रातो र पिरो देखेर आकर्षित हुने भएकाले यसलाई पासोमा पार्न स्थानीय भेडा–गोठालाहरु रातो खुर्सानी प्रयोग गर्छन् ।

- मैत्या घर्ती मगर

रुकुमको तकसेरा, रामाझीमा थापिएको स्थानीय भाषामा फलिङ्का भनिने पासोमा अड्किएको वनभँगेरो । यो भँगेरो रातो र पिरो देखेर आकर्षित हुने भएकाले यसलाई पासोमा पार्न स्थानीय भेडा–गोठालाहरु रातो खुर्सानी प्रयोग गर्छन् । यसको मासु खानाले पुरानोभन्दा पुरानो दम निको हुने विश्वास गरिन्छ । भँगेरा पक्रन राखिने यस्ता फलिङ्कामा साँझ–बिहान चर्न आउने चार–पाँचवटा भँगेरा पर्ने गर्छन् । चिसो पर्यावरणमा पाइने यस्ता भँगेरा बिक्रीका लागि भन्दा पनि औषधिका रुपमा प्रयोग गरिन्छ । 

प्रकाशित: श्रावण १०, २०७४