कुर्दाकुर्दै कृ

- नेपाल संवाददाता

स्क्रिप्ट फाइनल नहुँदै काफी चर्चा कमाएको फिल्म हो, कृ । कारण अनमोल केसी हुन् । सुरुमा त उनी खेल्ने/नखेल्ने विषय नै रोचक भयो ।

त्यसपछि उनले २० लाख रुपियाँ पारिश्रमिक लिएको खबर ‘हटकेक’ बन्यो । यही फिल्मका लागि उनले ‘सिक्स प्याक’ बनाए । त्यसैले त कृको फस्ट लुक पोस्टर सार्वजनिक हुँदा पनि फिल्म नै रिलिज भएझैँ तात्यो सिनेवृत्त ।

अब भने सुटिङ अवधिको कारण यस फिल्मलाई चर्चाको नयाँ बहाना दिएको छ । प्राय: नेपाली फिल्मको सुटिङ अवधि एक महिना हो । कृको झन्डै ५० दिन छायांकन भइसकेको छ ।

तर अझै सकिएको छैन । निर्माण पक्षका अनुसार ४० दिनकै सेड्युल बाँकी छ । अनमोलको स्टारडम बचाउन निकै मेहनत गरिएकाले सुटिङ लम्बिएको बताइन्छ । त्यति मात्र होइन, थप अवधिका लागि अनमोलको पारिश्रमिक पुन: ‘डिल’ गरिएको छ ।

यससँगै सुरुमा ८ भदौमा रिलिज गर्ने भनिएको मिति सरेर ३ कात्तिक पुगेको छ । कुर्दाकुर्दै उनका फ्यान निराश होलान् भन्ने पो पीर भयो त !

प्रकाशित: श्रावण २, २०७४