हात्ती दर्शन

- मनोज पौडेल

कपिलवस्तु (तिलौराकोट) मा रहेको समयमाई मन्दिरमा हिन्दु र बौद्ध धर्मावलम्बीले चढाएका हात्तीका मूर्ति । यिनै हात्ती हेर्नका लागि स्वदेशी र विदेशी पर्यटक आइपुग्छन् । पर्यटक लहरै राखिएका सयौँ संख्याका हात्तीसाग रमाउँछन्, तस्बिर खिच्छन् र रोमाञ्चित हुन्छन् । अझ श्रीलंकाली पर्यटक त यिनै हात्ती हेर्नका लागि आउँदा रहेछन् । हात्ती दर्शन गर्न पाउँदा भाग्योदय हुने विश्वास उनीहरूको छ । हात्तीकै कारण तिलौराकोटभित्रै यो स्थान नयाँ पर्यटकीय गन्तव्य बनेको छ । 

प्रकाशित: श्रावण १, २०७४