बीच बाटोमै...

- नेपाल संवाददाता

दुई वर्ष बित्नै लाग्यो, गाजलु पछि सृष्टि श्रेष्ठ अभिनीत कुनै फिल्म रिलिज भएको छैन । जबकि पूर्वमिस नेपाल सृष्टिलाई प्रतिभाशाली हिरोइनका रुपमा लिइएको थियो । त्यस्तो त यस अवधिमा उनले फिल्मै नपाएको भने होइन । दुई फिल्ममा अभिनय पनि गरिन् तर समस्या के भने दुवै फिल्म बीचमै रोकिएका छन् । रोमियो एन्ड मुनाको सुटिङ नसक्दै लाउरे नामक नयाँ फिल्ममा अनुबन्धित भइन् । यो फिल्मको छायांकन पनि अन्तिम चरणमा पुग्नै लागेको थियो तर हातमा चोट लागेको भन्दै तत्काल सेटमा जान अस्वीकार गरेकी छन् उनले । अझ रोचक कुरा चाहिँ यो खबर उनका प्रेमी सौगात मल्लले फिल्म युनिटलाई जानकारी गराएका थिए । अनि निर्माण पक्ष सृष्टिसँग थप नबिच्किएला त ?

प्रकाशित: श्रावण १, २०७४