साम्राज्ञी साख

- नेपाल संवाददाता

जसै अनमोल केसी स्टारर ड्रिम्स रिलिज भयो, साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज ह्वात्तै बढ्यो । अब्बल हिरोइनको खडेरी परिरहेको नेपाली फिल्म उद्योगका लागि साम्राज्ञीको आगमन सुखद मानियो । ड्रिम्समा उनको जीवन्त अभिनय थियो पनि । त्यसपछि त के चाहियो, लभस्टोरी फिल्मको पहिलो रोजाइमा पर्न थालिन् उनी । भलै, यो दुई वर्षको अन्तरालमा उनको दोस्रो फिल्म रिलिज भएको छैन । तैपनि ए मेरो हजुर २ को टिजर र गीतले निकै चर्चा कमाएपछि साम्राज्ञीको सान झन् बढ्यो तर यसलाई उनको अर्को फिल्म तिमीसँगले भने जोगाउन सकेन । दुई सातामा तिमीसँगको टिजरले जम्मा २ लाख भ्युज पाएको छ भने गीत पनि युट्युबको नेपाल ट्रेन्डिङमा पर्न सकेन । यसले साम्राज्ञीको साख त घटाएकै छ नै, उनलाई भन्दा चिन्ता चाहिँ ए मेरो हजुर २ को निर्माण पक्षलाई परेको छ किनभने तिमीसँग ८ भदौमा रिलिज हुने भएको छ । अर्थात् ए मेरो हजुर २ भन्दा ठ्याक्कै एक साताअघि ।

प्रकाशित: असार २९, २०७४