फेरि फ्लप

- नेपाल संवाददाता

होस्टेल रिटन्र्सबाट सिक्स प्याक एब्ससहित उदय हुँदा सुशील श्रेष्ठ फिल्मीवृत्तमा ‘हटकेक’ बनेका थिए । निर्माण पक्षले उनलाई अनमोल केसीको विकल्पका रूपमा प्रस्तुत गर्न चाहेको थियो । होस्टेल रिटन्र्सले औसत व्यापार पनि गर्‍यो । दुर्भाग्य ! रिलिज अगाडिको साखलाई पछि पनि जोगाउन सकेनन् सुशीलले । उनको हाउभाउ र संवाद बोल्ने शैलीले दर्शक रिझाउन सकेन । बरु सोही फिल्मबाट नाजीर हुसेन चम्किए । र, पनि निर्देशक अमरदीप सापकोटाले सुशीललाई कारखानामा मौका दिए । १६ असारमा यो फिल्म रिलिज भयो । व्यापार त कमजोर रह्यो नै, सुशीलकै काममा पनि परिपक्वता नआएको गुनासो सुनियो । यो चोट मत्थर हुन नपाउँदै उनको अर्को फिल्म सायद २ प्रदर्शन हुँदैछ, ३० असारमा । अब सायदले सुशीलको मान बढाउँछ कि ? 

प्रकाशित: असार २८, २०७४