नाच्न नजान्ने आँगन टेढो

- नेपाल संवाददाता

नेपाली हिरोइनहरू वार्डरोव मालफङ्सनको सिकार हुनु नौलो रहेन । नजानेर हुन्छन् वा नियतले, उनीहरू आफैँ जानून् तर सार्वजनिक कार्यक्रममा भित्री वस्त्र देखिने/देखाउने प्रवृत्ति बढेको छ । १३ साउनबाट प्रदर्शन हुने फिल्म प्रेमगीत २ को प्रचारप्रसारमा हिँडेकी थिइन, हिरोइन अश्लेषा ठकुरी । १८ असारमा जब नेपालगन्जको रामलीला मैदानको  स्टेजमा उक्लेर अश्लेषा कम्मर मर्काउन थालिन्, दर्शकको हातहातमा रहेको मोबाइलले उनको नृत्यमात्र होइन, भित्री वस्त्र नलगाएको संवेदनशील अंग पनि खिच्यो र उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । 

कहिलेकाहीँ नजानीकनै यस्ता गल्ती हुन्छन् । तर, आफ्नो कमजोरीलाई स्वीकार्नु त कता हो कता, उल्टै अरुलाई आरोप लगाउँछिन्, “दुश्मन लागेपछि यस्तै हुन्छन् ।” यो त ‘नाच्न नजान्ने आँगन टेढो’ भनेजस्तो भएन र ! 

प्रकाशित: असार २७, २०७४