मोडलिङ मूल्य, दुई लाख

- नेपाल संवाददाता

म्रता श्रेष्ठ गिनेचुनेकी हिरोइन हुन् । यसमा शंकै छैन । अघिल्लो वर्ष त झन् क्लासिकबाट राष्ट्रियसहित सबै अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमिन् । उनको सान र भाउ अझ बढ्यो । त्यसैले त अहिले म्युजिक भिडियोमा समेत अफ्नो मूल्य बढाएकी छिन उनले । सामान्यतया म्युजिक भिडियोको कुल बजेट नै डेढ–दुई लाख रूपिया हो । यस्तोमा नम्रताजस्ती कलाकारको मूल्य ५० हजार रूपियाँको हाराहारीमा हो । आखिर भिडियोको छायांकन एक दिनमा सक्किहाल्छ पनि । धेरैलाई त्यस्तै लाग्न सक्छ । तर यो सोचाइ गलत हुने भएको छ, किनभने उनले दुई लाख रुपियाँभन्दा कम पारिश्रमिकमा भिडियोमा मोडलिङ गर्न छोडेकी छन् । अब उनको मूल्य दुई लाख रूपियाँ पुगेको छ ।

प्रकाशित: असार २३, २०७४