अटाइनन् अशिष्मा

- नेपाल संवाददाता

अन्तरालबाट डेब्यु गर्दा अशिष्मा नकर्मीको जुन साख थियो, त्यसपछिका फिल्मले त्यसलाई जोगाउन सकेनन् । लभ यु बाबा, राघव, अधकट्टीलगायतका फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेनन् । पछिल्लो समय रिलिज भएका बाटोमुनिको फूल २ र राधेको पनि उही हाल भयो । यो निरन्तर असफलताको असर उनका आगामी फिल्ममा देखिन थालेको छ । जस्तो, उनी अभिनीत नयाँ फिल्म संरक्षणको ट्रेलर सार्वजनिक भयो । तर, अशिष्मालाई कत्ति पनि स्थान दिइएको छैन । दुई मिनेट लामो ट्रेलरमा निखिल उप्रेती, सौगात मल्ल, प्रमोद अग्रहरीलगायतले मात्रै ठाउँ पाएका छन् । यसको अर्थ हो, फिल्मको प्रचारप्रसारमा पनि निर्माण पक्षले अशिष्मालाई च्यापिरहेको छैन । यस्तोमा संरक्षण सफल भयो भने पनि त्यसको जस उनको पोल्टामा पर्ला त ? शंकै छ ।

प्रकाशित: असार २२, २०७४