हिलोमै छ मज्जा

  • पहिले अलिकति हिलो–धुलो लाग्दा पनि छ्या भन्ने सहरी युवाहरु हिलो खेल्नकै लागि भनेर राजधानी भन्दा टाढाटाढा पुग्ने गर्छन् ।

- भास्वर ओझा

१५ असारलाई किसानहरु विशेष दिनका रुपमा लिने गर्छन् । यस दिन किसानहरु रोपाइ सकेर आपसमा रमाउने गर्छन् । तर केही वर्षदेखि यस दिनले रुप फेरेको छ । पहिले अलिकति हिलो–धुलो लाग्दा पनि छ्या भन्ने सहरी युवाहरु हिलो खेल्नकै लागि भनेर राजधानी भन्दा टाढाटाढा पुग्ने गर्छन् । यसपटक पनि राजधानीबाट एक जमात युवा समूह गण्डकी गाउँपालिका– १, बुट्टार, गोरखामा पुगेका थिए । चिटिक्क परेर खेतको गरामा उत्रिएका उनीहरुको शरीर ५ मिनेटमै हिलाम्य भइसकेको थियो । 

प्रकाशित: असार २१, २०७४