कोसीमा जंगली हात्तीको सास्ती

- नेपाल संवाददाता

सन् २००८ मा कोसी नदीको पूर्वी बहावमा बाँधिएको बाँध बाढीले बगाएको थियो जसले उत्तरी बिहारका झन्डै ५ सयको ज्यान लिनुका साथै तीस लाख जनतालाई असर गरेको थियो । त्यसयता भारतको सहयोगमा नेपालको भारतीय सीमाभन्दा १२ किलोमिटर नेपालतर्फ कुसवा क्षेत्रमा बाढी रोकथामको प्रयास थालिएको थियो । तर त्यसले बारम्बार जंगली हात्तीबाट सास्ती झेलिरह्यो । हात्तीहरू रोकथामको प्रयास भइरहेका ठाउँमा तयारीका लागि मानिसहरू बस्नै नसक्ने गरी जंगली हात्तीको हमला भइरह्यो, उपकरणहरूसमेत सुरक्षित हुन सकेनन् । बाढी रोक्न राखिएका स्परहरू समेत हात्तीका सिकार बने । वीरपुर बराजको निर्माणसँगै नदीमा बढ्ने बहाव जाँच्न कोसीको माथिल्लो तहको ३२ किलोमिटर प्रवाहमा बनाइएका क्याम्प अफिसहरू हात्तीको निसानामा परिरहे । 

बिहारतर्फ धेरै सडक डाइभर्सन बनेका छन्, जहाँ हात्तीहरूले बाटो छेक्दा सुरक्षाकर्मी तथा प्राविधिकहरू वैकल्पिक बाटोबाट आफ्नो गन्तव्यमा पुग्न सकून् । नेपालतर्फ भने निषेधित क्षेत्र छिर्न खोज्दा मन्द झट्का लाग्ने सोलारबाट चल्ने तारहरू बारिएका छन् । यद्यपि समस्या टर्न सकेन । हिन्दुस्तान टाइम्सले लेखेको छ, कोसी तथा गण्डक परियोजनासम्बन्धी नेपाल–भारत संयुक्त समितिको बैठकमा गत वर्ष भारतले नेपालसँग यो विषय उठाएर समयमै ठोस कदम नचाले यो समस्यासँग जुध्न कठिन हुने र पुन: सन् २००८ कै नियति दोहोरिन सक्ने छ । ध

प्रकाशित: असार १८, २०७४