रामदेवलाई धक्का

- नेपाल संवाददाता

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बाबा रामदेवले चौडा छातीसाथ योग गरिरह“दा उनको आयुर्वेदिक कम्पनीले भने विदेशी बजारमा सास्ती झेल्दै थियो । ७ असारमा नेपालको औषधि व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै उसका ६ विभिन्न औषधिजन्य उत्पादनलाई गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता ल्याउन भनेको छ । औषधि पसलहरूलाई ती औषधिहरूको भण्डारण र बिक्री–वितरणसमेत नगर्न सूचित गरिएको छ । पतञ्जलिले भने सरकारी पत्रको जवाफ दिएको छैन । 

पतञ्जलिको उत्पादनमाथि प्रश्न खडा गरिएको यो पहिलो घटना भने होइन । भारतमै यसअघि उसले ल्याब मापदण्ड पास गरेको थिएन भने गलत रूपमा ब्रान्डिङ गरेको आरोप खेपिरहेको थियो । केहीअघि उसको अमला जुस अखाद्य पाइएपछि भारतीय सेनाका क्यान्टिनहरूमै प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो । यद्यपि उसले पछिल्लो वर्ष १० हजार पा“च सय करोड भारतीय रूपिया“को व्यापार गर्न सफल भएको थियो । भारतीय डिजिटल पत्रिका क्वार्जले लेखेको छ, यद्यपि नेपालले लगाएको पछिल्लो प्रतिबन्धले उसको अन्तर्राष्ट्रिय बजार विस्तारको महत्वाकांक्षालाई भने अवश्य असर पार्नेछ । रामदेव पछिल्लो समय आफ्नो ब्रान्डलाई चीन, पाकिस्तान, बंगलादेश र मध्यपूर्वी देशमा विस्तार गर्ने योजनामा थिए । 

प्रकाशित: असार ११, २०७४