भिडियोले राहत

- नेपाल संवाददाता

ऋचा शर्माको अभिनय र लगानी रहेको फिल्म आधा लभ २६ जेठमा रिलिज भयो । खासै प्रचारप्रसारबिना प्रदर्शित यस फिल्मले औसत समीक्षात्मक प्रतिक्रिया बटुले पनि बक्स अफिसमा सुक्खा लाग्यो, प्रदर्शनको पहिलो दिनबाटै । अर्थात् फिल्म निर्माणको पहिलो गाँसमै ढुंगा भेटिन् ऋचाले । तर, फिल्मले दिएको यो घाउमा मल्हमपट्टी लगाएको छ, एक म्युजिक भिडियोले । चन्दा देवानको स्वरमा सजिएको ‘छानो हाल्ने सपनीमा...’ गीतको भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको हो । विदुर खतिवडा निर्देशित म्युजिक भिडियोमा ऋचाले बेचिएकी चेलीको भूमिकामा आफूलाई जीवन्त रुपमा प्रस्तुत गरेकी छन् । यसले उनको भविष्य फिल्मभन्दा भिडियोमा उज्यालो रहेको संकेत गरेको त होइन ? 

प्रकाशित: असार ५, २०७४