लाठी नाच

  • दमाहा, ट्याम्को र झ्यालीको तालमा हरियो दाउराको लाठी प्रदर्शन गर्दै यो नाच नाचिन्छ ।

- सुरविन्द्रकुमार पुन

रुकुम, मुसिकोटको थर्पुस्थित डिग्रे साइकुमारी भगवती मन्दिर परिसरमा लाठी नाच र दर्शकको बाक्लो उपस्थिति देख्दा लाग्छ, यस क्षेत्रको महामेला नै हो यो । मगर सगालहरुको लाठी नाचले डिग्रे साइकुमारी देवीको सुरक्षा प्राप्त हुने धार्मिक जनविश्वास छ ।

दमाहा, ट्याम्को र झ्यालीको तालमा हरियो दाउराको लाठी प्रदर्शन गर्दै यो नाच नाचिन्छ । भीड र घुँइचोका कारण केही घाइते समेत हुने गरेका छन् । हाल यस नाचमा मगरहरु मात्र नभई त्यहीँकै अन्य जाति पनि मिसिएर नाच्ने गर्छन् । राप्ती क्षेत्रमा प्रख्यात यस लोकनाचले एउटा विशिष्ट सांस्कृतिक पहिचान बोकेको छ । 

प्रकाशित: जेष्ठ ३१, २०७४