न नाफा, न घाटा

- नेपाल संवाददाता

१९ जेठमा मेनुका प्रधान अभिनीत दुई फिल्म रिलिज भए, जालो र रातो घर । त्यसको अघिल्लो साता उनकै अभिनय रहेको हिटलर प्रदर्शन भएको थियो । यसरी आफ्नो फिल्म भटाभट चल्दा मेनुकाको मुहारमा मुस्कान नाच्नुपर्ने हो तर त्यस्तो छँदै छैन । कारण, यी फिल्मले बक्स अफिसमा कुनै कमाल मच्चाउन सकेनन् । आए अनि गए । फेरि फिल्म फ्लप हुँदा मेनुकालाई जति पीर पर्नुपर्ने हो, त्यो पनि छैन किनभने उनलाई कामको भ्याइनभ्याइ छ । थिएटर हुँदै फिल्ममा फड्को मारेकी यी अभिनेत्री यतिबेला महानगर नामक फिल्मको छायांकनमा व्यस्त छिन् । अर्को फिल्म लालपुर्जा रिलिजको पखाईमा छ । अनि त अब्बल अभिनयको पहिचान बनाएकी मेनुकालाई फिल्म हिट र फ्लप हुनुसँग के मतलब !

प्रकाशित: जेष्ठ ३०, २०७४