सुस्ताइन् रिमा

- नेपाल संवाददाता

केकी अधिकारी, बेनिशा हमाल र रिमा विश्वकर्माले एकसाथ फिल्मी करिअर सुरु गरेका हुन् । उनीहरुको दोस्ती पनि निकै झांगिएको थियो । यतिबेला केकी सबभन्दा अगाडि छन् । फाट्टफुट्ट भए पनि बेनिशा फिल्ममा देखिन्छिन् तर रिमा भने अलपजस्तै । साँच्चै भन्दा न उनले कहिल्यै मुख्य भूमिका पाइन्, न उनका कुनै फिल्म सम्झनलायक नै छन् । झन् विवाहपश्चात् त उनी फिल्मवृत्तबाट ओझेल परेको हो कि भन्ने भान परेको छ । तर, यही बेला उनी अभिनीत नयाँ फिल्म ब्ल्याक समरको टिजर प्रदर्शन भएको छ । जसले रिमालाई थोरै सही राहत दिएको छ । तर, दु:खको कुराचाहिँ न टिजरले अपेक्षाकृत चर्चा पायो, न फिल्ममा उनीबाहेक कोही चिनिएको अनुहार नै छ । त्यसमाथि प्रदर्शनको पनि पत्तो छैन । बल्लबल्ल खेलेको फिल्मको यस्तो हालत भएपछि रिमाको मन कति पोल्दो हो कुन्नि !

प्रकाशित: जेष्ठ २९, २०७४