सुटिङमा अलमल

- नेपाल संवाददाता

गाजलु रिलिज भएको एक वर्षपछि बल्ल सृष्टि श्रेष्ठले नयाँ फिल्म पाइन्, रोमियो एन्ड मुना । नरेश कुमार निर्देशित यस फिल्ममा उनले गाउँले युवती मुनाको भूमिका पाएकी छन् तर पूर्वमिस नेपालसमेत रहेकी सृष्टि रोमियो एन्ड मुनाको सुटिङ नसक्दै अर्को फिल्ममा अनुबन्ध भएकी छन् । उक्त फिल्म हो, लाउरे । धरान आसपासका क्षेत्रमा रोमियो एन्ड मुनाको करिब ८० प्रतिशत छायांकन सकिएको छ । बाँकी काठमाडौँमा गर्ने सेड्युल थियो । तर, सृष्टि लाउरेमा व्यस्त हुने भएपछि रोमियो एन्ड मुनाको सुटिङमा समस्या आएको हो । उसो त धरानमै सुटिङ भइरहँदा सुष्टिबाट समन्वयकारी भूमिका पाएको थिएन फिल्म युनिटले । लाउरेको वर्कसपका लागि भन्दै उनी काठमाडौँ आएपछि सुटिङ लम्बिएको थियो ।

प्रकाशित: जेष्ठ २४, २०७४