बल्ल मुख्य भूमिका

- नेपाल संवाददाता

सुरुमा ड्रिम्समा मुख्य भूमिकाकै रुपमा प्रचार गरिएको थियो, सन्ध्या केसीलाई । तर, प्रचारप्रसारमा पूरै बेवास्ता गरियो । साम्राज्ञीराज्य लक्ष्मी मात्र छाइन् जताततै । हुन पनि सन्ध्या चास्नी भूमिकामै सीमित रहिछन् । त्यसैले ड्रिम्सको सफलताले सन्ध्यालाई कुनै फाइदा भएन । लगत्तै पीडामाथि पीडा थपियो । सायद २ बाट निकालिइन् उनी । सुरुआती दिनमै यस्तो ठक्कर खाएपछि छायामा परेकी सन्ध्याले बल्ल प्रमुख भूमिका पाएकी छन् । फिल्म हो, कमलेको बिहे । प्रसन्न पौड्याल निर्देशित यस फिल्ममा सन्ध्याले अनुपविक्रम शाहीसँग स्क्रिन सेयर गरेकी छन् । फिल्मको ट्रेलरबाट उनी आधुनिक र बोल्ड युवतीको भूमिकामा रहेको छनक पाइन्छ । कमेडी जनराको यस फिल्मले सन्ध्याको साख बचाउला ?

प्रकाशित: जेष्ठ २२, २०७४