अर्पण आउट

- नेपाल संवाददाता

त्यसो त अर्पण थापालाई फिल्मको कमी छैन । तर पनि घोषणा भइसकेको फिल्मबाट निस्किनुपर्दाको पीडा पक्का पनि कम हुँदैन । यस्तै नमीठो भोगाइ सँगालेका छन्, फिल्म रुद्रप्रियाबाट । रेखा थापाको अभिनय र निर्माण रहने यस फिल्मका मुख्य दुई अभिनेतामध्ये अर्पण पनि एक थिए । रेखाले मिडियामै यसको खुलासा पनि गरेकी थिइन् तर दुर्भाग्य ! के भइदियो भने सुटिङको मुखैमा अर्पण ‘आउट’ भए । अनि, ‘इन्ट्री’ भयो आर्यन सिग्देलको । भन्नलाई त अर्पण आधा लभको पोस्ट प्रोडक्सनमा व्यस्त रहेकाले रुद्रप्रिया खेल्न नसकेको भनिएको छ । तर, आर्यनको आगमनलाई यसको कारक मानिएको छ । फेरि रुद्रप्रियाबाट बहिर्गमनमा पर्ने अर्पण मात्र होइनन्, सुदर्शन थापाले पनि त्यस्तै नियति भोग्नुपरेको छ ।

प्रकाशित: जेष्ठ २२, २०७४