बाख्रालाई मास्क

  • गाई–गोरुलाई बाँसको चोयाबाट बनेको मोहोलो लगाउने गरिए पनि यहाँ भने प्लास्टिकको बोतल काटेर बनाइन्छ ।

- विमल खतिवडा

पशु चौपाया खुला छोड्यो भने अन्नबाली खाएर हैरान पार्छन् । अन्नबाली जोगाउन खेतबारी छेउछाउमा बारबुरु गरिन्छ । अन्नबाली सुरक्षित राख्न अनेक उपाय रचिन्छ । अन्नबाली लगाएको ठाउँमा पशु चौपाया खुला छाड्नेलाई जरिवाना गरेको खबर पनि बेलाबेला सुन्ने गरिन्छ । तर, चितवनको कालिका नगरपालिका–३ स्थित ९६ बिघाहा क्षेत्रमा यस्तो दृश्य देख्न सकिन्छ, जहाँ अन्नबाली जोगाउन बाख्रालाई पेरुङ्गो अर्थात् मोहोलो लगाएर चरनमा लग्ने गरिन्छ । खुला छाड्दा पनि मोहोलो लगाएर छाडिन्छ ।
 
गाई–गोरुलाई बाँसको चोयाबाट बनेको मोहोलो लगाउने गरिए पनि यहाँ भने प्लास्टिकको बोतल काटेर बनाइन्छ । ठाउँठाउँमा सानो प्वाल पारेर मो हो लो बनाई चरनमा लगिन्छ । जंगलमा पुगेपछि मोहोलो खोलिन्छ र चरनमा छाडिन्छ । यो दृश्य पहिलोपटक देख्नेलाई आश्चर्य लाग्न सक्छ । तर, स्थानीयका लागि अन्नबाली जोगाउने नौलो उपाय भएको छ । 

प्रकाशित: जेष्ठ ११, २०७४