संविधानको धारामै...

- वाटरगेट उपाध्याय

भनाइ नै छ नि, खप्परमा लेखेर आउनुपर्छ । हो, विजयकुमार गच्छदारको हकमा पनि यसै भन्न मिल्ला । चाहे नेपाली कांग्रेसमा बस्दा होस् वा अर्को पार्टीमा होस्, सिंहदरबारको कुर्सीले यिनलाई लामो समय बाहिर बस्नै नदिने क्या ! जस्तो हेर्नूस् न, केही समय सत्ता स्वादबाट टाढिएका उनको पुर्पुरो बलियो भएको । कमल थापाले सरकारसँग कट्टी के गरेका थिए, उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय लिएर सिंहदरबार छिरिहाले गच्छदार । नेपाल लोकतान्त्रिक फोरम नामधारी पार्टी वा भन्नूस्, प्राइभेट कम्पनीका साहूजी गच्छदारका लागि उपप्रधानमन्त्री पदको अनिवार्य व्यवस्था संविधानको कुनै धारामै गरिदिँदा कसो होला !

प्रकाशित: जेष्ठ ४, २०७४