...यहाँ पानीको छ चिन्ता

- माधव अर्याल

हामी स्थानीय चुनावको मुखमा छौँ तर नारा भने आकाशका तारा झार्नेसम्मका छन् । कुरा ठूलठूला भइरहेका छन् तर बाँच्नका लागि न्यूनतम रुपमा नभई नहुने पानीको समेत अभाव छ । पाल्पाका धेरै ठाउँमा पिउने पानी पाइँदैन । बढ्दो जनसंख्याको माग धान्न धौधौ छ । तानसेन नगर पालिका–४ की विमला रायमाझी सात–सात दिनमा घरको धारामा पानी आउँदा पनि खुसी हुन्छिन् ।

पाल्पाका कतिपय वडामा चार घन्टा लगाएर खाने पानी लिन जानुपर्ने बाध्यता छ । यो तस्बिर गल्धा, बेलडाँडाको हो, जहाँ पिउने पानीको विकराल समस्या भएपछि दुई घन्टा टाढा जानुपर्छ पानी लिन । बल्लतल्ल दुई घन्टामा पुगिने भएपछि भाँडा पनि थोरैतिनोले नहुने । नेताहरु ! तिमी रेल रेल भन्छौ, यहाँ पानीको छ चिन्ता... । 

प्रकाशित: जेष्ठ ४, २०७४