अब एचटीसीको यू प्ले

- नेपाल संवाददाता

एचटीसीको यू प्ले स्मार्टफोन नेपालमा लन्च भएको छ । नेपालमा यो स्मार्टफोनको मूल्य ५० हजार रूपियाँ पर्छ । 

यू प्ले ५.२ इन्चको स्क्रिन भएको स्मार्टफोन हो । यसमा फुल हाई डेफिनेसन क्वालिटीको सुपर एलसीडी डिस्प्ले छ । यसको डिस्प्ले स्क्रिनलाई स्क्र्याच हुनबाट जोगाउन गोरिल्ला ग्लास प्रोटेक्सन प्रयोग भएको छ । यू प्लेको फ्रन्ट र रियर दुवै क्यामेरा १६ मेगापिक्सेलको छ । र, यो स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध छ ।
चार जीबी र्‍याम भएको यो स्मार्टफोनको ६४ जीबी आन्तरिक स्टोरेज क्षमता छ । यसमा दुई टेराबाइटसम्मको माइक्रो एसडी साइजको मेमोरी कार्ड प्रयोग गर्न मिल्छ । 

प्रकाशित: जेष्ठ ३, २०७४