बल्ल मुख्य भूमिकामा

- नेपाल संवाददाता

नाई नभन्नु २ बाट सहायक भूमिकामा डेब्यु भएकी थिइन्, वर्षा सिवाकोटी । त्यसयता उनी अभिनीत सुब्बा साब र पशुपतिप्रसाद रिलिज भए । तर, सहायक भूमिकामै सीमित । लप्पन–छप्पनमा भने लिडिङ लेडी थिइन् तर सौगात मल्ल, दयाहाङ राई, अर्पण थापाजस्ता स्टारहरुका सामु उनको उपस्थिति फिक्का रह्यो । कसैले ‘मार्क’ नै गरेनन् । बरु, उनको छवि नै सहायक हिरोइनका रुपमा निर्माण हुन थाल्यो । जसले गर्दा म्युजिक भिडियोमै अल्झिनु पर्‍यो । त्यसैले चिन्तित बनेकी वर्षालाई निर्देशक अमरदीप सापकोटाले गुन लगाएका छन्, फिल्म कारखानामा पत्याएर । ३० असारमा रिलिज हुने यस फिल्ममा उनी सुशील श्रेष्ठको अपोजिटमा छिन् । बल्लतल्ल पाएको मुख्य भूमिकालाई न्याय गर्न वर्षा सक्षम होलिन् त !

प्रकाशित: जेष्ठ ३, २०७४