डुकाटीको मोन्सटर–७९७

- नेपाल संवाददाता

डुकाटीको मोन्सटर–७९७ बाइक अब नेपाली बजारमा पनि उपलब्ध छ । आठ सय सीसी क्षमताको इन्जिन रहेको यो बाइकको मूल्य २१ लाख रूपियाँ छ ।
आठ सय सीसीको यसको इन्जिनले ७५ हर्सपावर बराबरको अधिकतम शक्ति निकाल्छ । यो बाइकको फ्रन्ट ब्रेकमा एन्टिलक ब्रेकिङ सिस्टम पनि उपलब्ध छ । डुकाटी स्पोर्टी बाइकका लागि लोकप्रिय ब्रान्ड हो । मोन्सटर–७९७ पनि स्पोर्टी लुक्समै तयार पारिएको बाइक हो । मोन्सटर–७९७ मा ६ गियर छन् र यसमा युरो–४ मापदण्डको इन्जिन प्रयोग भएको छ ।

प्रकाशित: जेष्ठ १, २०७४