टाउकाको मोल

- सूर्जे नेवा:

अहिले चुनावको जति हल्ला छ, त्यसभन्दा टाउकाको मोल तोक्ने र तोकिनेको टाउको जोडिएकामा अझ ठूलो हल्लाबोल छ । खोइ किन हो, यत्रो ठूलो हल्ला ! यी टाउकाहरु सधैँका लागि जोडिएका त पक्कै पनि होइनन् । राजनीति हो, जुनसुकै बेला पल्टा खान सक्छ । कुनै बेला सिंहदरबारमा बसेर टाउकाको मोल तोक्ने भूमिगत हुन सक्छ भने टाउको बचाउन भूमिगत बनेकाले सिंहदरबारमा दह्रो डेरा जमाउन सक्छ ।
यस्तो भयो भने यसपटक शेरको टाउकाको मूल्य कति तोकिन्छ होला– एक अर्ब, दुई अर्ब वा खर्ब ? अब ऊबेला जाबो पुष्प याने कि फूलको मोल त पचास लाख रूपियाँ तोकिएको थियो भने शेर त त्यसभन्दा मूल्यवान् हुन्छ नै । होइन र ?

प्रकाशित: जेष्ठ १, २०७४