घरमै सगरमाथाको मौसम

- नेपाल संवाददाता

थुप्रै आकांक्षी आरोहीहरु सगरमाथा आधार शिविरमा सगरमाथाको मौसमसँग आफूलाई अनुकूल बनाइरहँदा सिंगापुरमा ब्रुक्स इन्टविस्टल भने आफ्नै घरमा थिए । आफ्नी छोरीको तेह्रौँ जन्मदिनको योजना गर्दा र आफ्नो कम्पनीको वार्षिक साधारणसभाको तयारीलाई त्यसले कुनै बाधा पुर्‍याएन । 

रात परेपछि भने उनी एउटा त्यस्तो टेन्टभित्र छिर्थे, जहाँ उचाइमा हुनेजस्तो थोरै अक्सिजन हुन्थ्यो । अहिले उनी सगरमाथा आधार शिविर पुगेका छन् । अरुभन्दा भिन्न घरबाटै अभ्यास सुरु गरको ३५ दिनमा सगरमाथाको चुचुरो नाप्ने उनको दाउ छ । दशकौँदेखि सगरमाथा चढ्नु भनेको हिमालको फेदी र आसपासमा उचाइको मौसमसँग अनुकूल गराउनु हो । कम्तीमा दुई महिना मानिसहरु त्यसका लागि आधार शिविरमा बसेर र हिमालको तल्ला उचाइमा ओहोरदोहोर गरेर खर्चिन्छन् । 
तीव्र ओराहणको आकांक्षासँग जोडेर ल्याइएको यो सुविधा लिएर सगरमाथा चढ्ने ब्रुक्स र कम्तीमा अन्य दुई हुनेछन् । यो शैलीमा सगरमाथा चढ्नेले ७५ हजारदेखि ८५ हजार अमेरिकी डलरसम्म खर्च गर्नुपर्नेछ । यो परम्परागत शैलीबाट सगरमाथा चढ्नेले तिर्नेभन्दा दोब्बर बढी हो । ‘आरोहीहरु हिमाल चढ्दा स्वस्थसमेत हुन्छन् किनभने उनीहरुले धेरै बेर हिमालमा बिताएका हुँदैनन्,’ अमेरिकास्थित आरोहण कम्पनी अल्पिङ्लो एक्सिपिडिसनका एड्रिन बल्लिङ्गरले फ्रान्सेली समाचार संस्था एएफपीसँग भने । 

प्रकाशित: जेष्ठ १, २०७४