आउनूस्, रोऔँ

- रुन्चे राइँलो

महन्थ ठाकुरज्यू आन्दोलन घोषणा गर्दै रुनुभो । हरिबोल गजुरेलज्यू फिल्म हेर्दै रुनुभो । नारायणकाजी श्रेष्ठज्यूले संविधान बन्न नसेकामा डाँको थाम्न सक्नुभएन । न्यायाधीशज्यू आदेश लेख्दालेख्दै रुनुभो । कुलमानज्यू पत्रकार सम्मेलनमै रोइदिनुभो । प्रधानमन्त्री प्रचण्डज्यू त नामी रुन्चे नेता नै हुनुभो । 
रुनुलाई नै हाम्रो राष्ट्रिय संस्कृति बनाऔँ । अभियान बनाऔँ । रुन सक्नेलाई पुरस्कृत गरौँ । नसक्नेलाई प्याज उपहार दिऊँ । आउनूस्, हामी सामूहिक रुपमा रोऔँ । आखिर यहाँ, हाँस्नलाई कुरा नै के छ र ?

प्रकाशित: जेष्ठ १, २०७४