माइक्रोसफ्टको नयाँ ल्यापटप

- नेपाल संवाददाता

माइक्रोसफ्टले नयाँ सर्फेस ल्यापटप लन्च गरेको छ । सर्फेस सिरिजकै सर्फेसबुक र सर्फेस प्रोसँग मिल्दोजुल्दो फिचर रहेको यो नयाँ ल्यापटप गुगलको जुनसुकै क्रोमबुक वा एप्पलको म्याकबुक प्रोभन्दा कम छैन । वास्तवमा क्रोमबुक र म्याकबुकसँग कडा प्रतिस्पर्धा गर्नकै लागि माइक्रोसफ्टले यो ल्यापटप बजारमा ल्याएको हो ।

माइक्रोसफ्टले यसमा विन्डोज टेन एस अपरेटिङ सिस्टम राखेको छ । र, यसलाई विन्डोज टेन प्रोमा अपग्रेड गर्न पनि सकिनेछ । १३.५ इन्च टचस्क्रिन भएको यो ल्यापटप निकै पातलो र हलुका तर राम्रो पर्फमेन्स दिने खालको छ । यो सातौँ जेनेरेसनको आई फाइभ वा आई सेभेन प्रोसेसरमा उपलब्ध हुनेछ । र, यो एक टेराबाइटसम्मको स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । यसको मूल्य एक हजार डलरबाट सुरू हुनेछ । एक हजार डलर पर्ने नयाँ सर्पेmस ल्यापटपमा आई फाइभ प्रोसेसर,चार जीबी र्‍याम र १२८ जीबी स्टोरेज क्षमता रहनेछ । यो ल्यापटपले कुनै पनि म्याकबुक प्रोभन्दा बढी ब्याट्री ब्याकअप दिनेछ ।

प्रकाशित: वैशाख २९, २०७४