निर्दलीय बहुलवादी

- रुन्चे राइँलो

अब हाम्राबीचमा कुनै दलीय सिमाना बाँकी रहेनन् । मूल्य, मान्यता र आस्थाले हाम्रा कुनै निर्णयलाई नरोक्ने भए । उग्रवाम र उग्र दक्षिणपन्थी मिलेर सत्ताको हनिमुन चलेकै छ । गाई पुज्ने र गाई काट्नेहरु एकै थालमा भान्सा गरेकै छौँ । चुनावी सहकार्य गर्न न राजावादले छेक्यो, न गणतन्त्रवादले । न संघीयतावादले रोक्यो, न एकात्मकताले । टाउकाको मोल तोक्ने र तोकिने मिलेर अदालतको शिरमा घन ठोक्न तयार ।
हामी नै हौँ, दलीय व्यवस्थाका हिमायतीहरु । हामीलाई नै छ, निर्दलीय चुनावको घोषणा गर्न हतारो । तैपनि, हामीसँग आ–आफ्ना हुल छन् । अर्थात्, हामी ब–हुल छौँ तर बहुदल छैनौँ । नेपाली माटो सुहाउँदो मौलिक व्यवस्थाको रचना गरेका छौँ हामीले । तर, संविधानसभामा हुँदा यसको नाम छुटेछ । तसर्थ, तत्काल घोषणा गरियोस् निर्दलीय बहुलवाद ।

प्रकाशित: वैशाख २९, २०७४