समुद्रमा पानीजहाजजस्तो...

- नरेन्द्र श्रेष्ठ

पोखराको सुन्दरता बयान गरी साध्य छैन । त्यसमाथि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरको त के कुरा र ! तालपारिबाट हे र्दा होस् वा तालवारिबाट, डुंगामा बसेर तालको बीच भागमा घुमीघुमी हेर्दा होस् वा जताबाट जसरी हेर्दा पनि उत्तिकै सुन्दर लाग्छ, यो रुखले ढाकिएको मन्दिर । अझ आकाशबाट हेर्दा लाग्छ, स्वर्गबाट झरेको स्वर्गकै टुक्रा हो यो । यो फोटो हेर्दा लाग्छ, समुद्रमा पानीजहाज पो कुदिरहेको छ कि ! 

प्रकाशित: वैशाख २७, २०७४