घोषणा मात्रै

- नेपाल संवाददाता

जसै रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गरिन्, फिल्मभन्दा राजनीतिक चस्का बढी लागेको छ । कतिसम्म भने घोषणा गरिसकेको आफ्नै फिल्मको पनि छायांकन गर्न सकेकी छैनन् । सबिर श्रेष्ठलाई निर्देशनको जिम्मा दिएर फेरि कसले चोर्‍यो मेरो मन निर्माणको घोषणा गरेको आठ महिना बितिसक्यो तर यसको अत्तोपत्तो छैन अझसम्म । त्यस्तै, तीन महिनाअगाडि अर्को फिल्म रुद्रप्रिया बनाउने उद्घोष गरिन् ।

सुदर्शन थापा र अर्पण थापासँग उनको अनस्क्रिन रोमान्स रहने भए पनि रुद्रप्रियाले निकै चर्चा बटुल्यो तर यतिबेला यो फिल्म पनि अलपत्र परेको छ । बरु, उनी स्थानीय निकायको निर्वाचनको दौडधुपमा व्यस्त छिन् । फिल्म बनाउने घोषणा मात्र गरेर भए पनि बेलामौकामा चर्चा कमाउने रेखाको काइदाचाहिँ मान्नैपर्छ ।

 

प्रकाशित: वैशाख २७, २०७४