अर्को धु्रवे हात्ती

- जुवाडे जेठो

धु्रवे हात्ती चितवनमै छ वा भारतको आसाम पुग्यो, कसैलाई थाहा छैन । तर, एमाले अध्यक्ष केपी ओलीचाहिँ थाइल्यान्डबाट विशेष ऊर्जा लिएर फर्केलगत्तै ध्रुवे हात्तीलाई सम्झँदै कुर्लेछन्, ‘सरकारका काम–कारबाही चितवनको धु्रवे हात्तीको जस्तो भयो, जथाभावी गर्दै हिँड्ने ।’

ओलीले धु्रवे हात्ती भनेर सरकारलाई होइन, आफैँ र आफ्नै दल एमालेलाई भनेछन् क्यारे ! स्थानीय चुनावको मुखमा संसद् अवरुद्ध गर्न सक्ने एमाले ध्रुवे हात्ती नभए के हो त ? उसले धेरैपटक सडक र सदन दुवैमा प्रतिपक्षी बाहुबल प्रस्तुत गरेकै हो । ५१ दिन संसद् अवरुद्ध गरेको पुरानो अनुभव होस् वा अहिलेकै सरकारले अघिल्लो पटक ल्याएको संविधान संशोधनको विरोधमा संसद् अवरोध, यस्ता विशेष अनुभव ओली र उनको दलसँग मात्रै छ । कागले आफ्नो नाम काढ्छ भन्छन् । जय होस् धु्रवे हात्तीको ।

 

 

प्रकाशित: वैशाख २७, २०७४