फिल्मको ओइरो

- नेपाल संवाददाता

सिनेमा घरबाट दयाहाङ राई अभिनीत घामपानी उत्रिएको छैन तर यहीबीचमा उनी दुई फिल्ममा अनुबन्ध भए, नेप्टे र मिस्टर झोले । त्यस्तै, दुई महिनाअगाडि नै घोषणा गरिएको कान्छीको सुटिङ हुनै बाँकी छ । अनि, मौखिक सम्झौता भएका फिल्म पनि उत्तिकै । यस्तो लाग्छ– हरेक निर्माता/निर्देशकलाई दयाहाङ नभई भएको छैन अनि उनी पनि सकेसम्म प्रस्ताव आएका सबै फिल्म खेल्ने धुनमा छन् । गत वर्ष उनका सात फिल्म प्रदर्शन भएका थिए, जसमा सेतो सूर्यबाट मात्र उनले तारिफ पाए । तैपनि, दयाहाङको माग बढेको–बढ्यै छ । उनी आफैँ साथीभाइसँगको हँसिमजाकमा भन्न थालेका छन्, ‘यस वर्ष कतिवटा फिल्म छन्, म आफैँलाई पत्तो छैन ।’

प्रकाशित: वैशाख २७, २०७४