बेनेली बाइक नेपालमा

- नेपाल संवाददाता

बेनेलीको टीआरके– ५०२ बाइक नेपाली बजारमा भित्रिएको छ । टीआरके–५०२ बेनेलीको पहिलो एड्भेन्चर बाइक हो । यसमा पाँच सय सीसी क्षमताको इन्जिन छ । र, यो इन्जिनले ४७ ब्रेक हर्सपावरको शक्ति निकाल्न सक्छ ।

यसमा ६ गियर छन् । एडभेन्चर बाइकमा राम्रो ग्राउन्ड क्लियरेन्स र ठूलो क्षमताको फ्युल ट्यांक हुनु जरुरी छ । किनभने, यी बाइकहरु अफरोडमा लामो दूरीको यात्राका लागि बनाइएका हुन्छन् । यही कुरालाई ध्यानमा राख्दै टीआरके–५०२ मा २३ सेन्टिमिटरको ग्राउन्ड क्लियरेन्स राखिएको छ । र, यसको फ्युल ट्यांकको क्षमता २० लिटरको छ ।

दुवै पाङ्ग्रामा डिस्क ब्रेकसहितको यो बाइकको सस्पेन्सन पनि उच्च कोटिको छ । नेपालमा बेनेली टिआरके–५०२ को मूल्य ११ लाख रुपियाँ पर्छ ।

प्रकाशित: वैशाख २७, २०७४