मेरो गाँजा पार्टी

  • मुलुकभर ८ घन्टादेखि १६ घन्टासम्म लोडसेडिङ गरिनेछ, जसले गर्दा बन्द हुन लागेको इन्भर्टर व्यवसाय पुन: चम्कनेछ ।

- सूर्जे नेवा:

यसपटक सूर्जे नेवा:लाई कसैले चुनावमा टिकट दिएन । कहाँ–कहाँ ट्राइ मारिस् भनेर सोध्नुहोला । कहाँ–कहाँ मात्र धाइनँ ? कांग्रेस, एमाले, माओवादीदेखि साझा पार्टीसम्म । त्यसैले अहिले आफैँले गाँजा पार्टी खोलेको छु । चुनाव चिह्न हो, चिलिम । घोषणापत्र पनि तयार छ :

१. मुलुकभर ८ घन्टादेखि १६ घन्टासम्म लोडसेडिङ गरिनेछ, जसले गर्दा बन्द हुन लागेको इन्भर्टर व्यवसाय पुन: चम्कनेछ । 

२. सवारी साधनहरुलाई प्रति ३० सेकेन्डमा हर्न बजाउन अनिवार्य गरिनेछ, जसले गर्दा सडकमा पूरै सांगीतिक माहोल छाउनेछ । 

३. हालै निरंकुश रुपमा हटाइएका २० वर्ष पुराना सवारी साधनलाई प्रतिमहिना २० हजार वृद्वभत्ता दिएर सडकमा गुडाइनेछ । 

४. हालै बन्द भएको एसएलसी परीक्षा पुन: सुचारु गरिनेछ तर सर्टिफिकेट दिइनेछैन, जसले गर्दा प्रधानन्यायाधीश बन्न खोज्नेहरुलाई सहज हुनेछ । 

 

 

प्रकाशित: वैशाख २६, २०७४